एमाले नेतृत्वको गठबन्धन देशलाई द्वन्दतर्फ ढकेल्ने गठबन्धन हो बाबुराम भट्टराई

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २२

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमाले नेतृत्वको गठबन्धन देशलाई द्वन्दतर्फ ढकेल्ने गठबन्धन भएको आरोप लगाउनुभएको छ ।

मंगलबार जेष्ट नागरिक नागरिक समाज, काठमाडौं शाखा र धर्महिरा प्रतिष्ठानले आयोजना गरेको संविधानको प्रवद्र्धनमा निर्वाचनको भूमिका बिषयक कार्यक्रममा भट्टराईले केपी शर्मा ओलीले नेतृत्व गरेको गठबन्धन संविधानलाई भत्काउने, नेपालमा जातीय एकता खल्वलाउने, नेपालको जटिल भूराजनीति भत्काएर देशलाई द्वन्दतर्फ ढकेल्ने गठबन्धन भएको आरोप लगाउनुभयो ।

उहाले एमालेको गठबन्धन पश्चगामी र आफुहरुको गठबन्धन अग्रगामी गठबन्धन भएको तर्क गर्नुभयो । अहिलेको निर्वाचन सामान्य निर्वाचन मात्रै नभएको भन्दै यो एक प्रकारको संविधान भत्काउने वा जोगाउने भन्ने जनमत संग्रह भएको उहाले बताउनुभयो । भट्टराईले राजावादी कम्युनिष्ट अगाडी आएको बेला यसअघि पनि लोकतन्त्र खतरामा परेको तर्क गर्नुभयो ।

त्यस्तै भट्टराईले अहिले लोकतन्त्रवादी र अग्रगामी शक्तिहरु रोज्ने की निरंकुशवादीहरुलाई रोज्ने भन्न अहिलेको मुख्य बिषय भएको बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्