दयाहाङ र मिरुनाको सुपरहिट फिल्म ‘जारी’ युट्युबमा रिलिज

खबर बुक
  • ख-
  • ख+

 २२ असोज, काठमाडौं ।दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको सुपर हिट फिल्म ‘जारी’ युट्युबमा रिलिज गरिएको छ । 

गत वर्षको ब्लकबस्टर फिल्म जारी बाँसुरी फिल्म्सको युट्युब च्यानलमा दशैको अवसर पारेर सोमबार रिलिज गरिएको हो । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा लिम्बू संस्कृतिको कथा देखाइएको छ ।

फिल्ममा दयाहाङ र मिरुनासँगै प्रेम सुब्बा, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु लगायतको अभिनय रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्