जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्नेमा जोड

खबर बुक
  • ख-
  • ख+

जलवायु परिवर्तनको नकारात्मक प्रभावलाई रोक्न सबैले मिलेर काम गर्नुपर्ने संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बताउनुभएको छ ।

इजिप्टमा आयोजित ग्लोबल वार्मिङलाई नियन्त्रण गर्ने विषयमा जारी कार्यक्रममा उहाँले कोभिड महामारीको प्रकोप र युक्रेन–रूसको युद्धबाट सङ्कटग्रस्त विश्व अर्थतन्त्र र यसका असरबारे टिप्पणी यस्ता घटनाक्रमले अन्तर्राष्ट्रिय सम्बन्ध नै दबाबमा परेको समेत टिप्पणी गर्नुभएको छ ।

गुटेरेसले धनी देशहरू र उदीयमान अर्थतन्त्रहरू बीचको ‘ऐतिहासिक’ सम्झौताको लागि आह्वान गर्दै जसले उत्सर्जन घटाउने र तापक्रम वृद्धिलाई पूर्व–औद्योगिक युगभन्दा माथि १ दशमलव ५ डिग्री सेल्सियसको पेरिस सम्झौता लक्ष्यलाई सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्