बलिउड अभिनेता गोविन्दा आफ्नै रिवल्भरले गोली लागेर घाइते

खबर बुक
  • ख-
  • ख+

१५ असोज, काठमाडौं ।  बलिउड अभिनेता गोविन्दाको आफ्नै रिवल्भरले खुट्टामा गोली प्रहार भएको छ । 

गोविन्दा मुम्बईस्थित आफ्नो घरमा रिवल्भर सफा गर्दै गर्दा उनको खुट्टामा गोली लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गोविन्दाका प्रबन्धकले समाचार एजेन्सी एएनआईलाई भने, ‘उनले आफ्नो लाइसेन्स प्राप्त रिवल्भर कभरमा राख्दै थिए, जब उनी आफ्नो खुट्टामा खसे र गोली लाग्यो ।’ डाक्टरहरूले उनको खुट्टाबाट गोली निकालेका छन् र अहिले उनी पूर्णतया स्वस्थ छन् तर अझै अस्पतालमा छन् ।’
 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्