दक्षिण कोरियामा भागदौडः सरकारप्रति युवाहरुको आक्रोश

खबर बुक
  • ख-
  • ख+

सियोल, २० कात्तिक । दक्षिण कोरियामा गत साता ह्यालोविन पर्वका क्रममा भागदौड हुँदा मारिएकाहरुको सम्झनामा पीडितका आफन्त राजधानी सियोलभर भेला भएर शोक मनाएका छन् ।

सेतो मैनबत्ती र कालो चिन्हहरू समातेका इटावन क्रसका शोकाकुल युवा राजधानीमा भेला भएका हुन् । सरकाप्रति आक्रोश व्यक्त गर्दै उनीहरुले न्यायको माग गरेका थिए ।

२९ अक्टोबरमा इटावन जिल्लामा ह्यालोविन उत्सवको समयमा भागदौड हुँदा १५६ जनाको मृत्यु भएको थियो । भागदौडमा दर्जनौँ घाइते भएका थिए । पीडितमध्ये अधिकांश युवा युवती थिए ।

घटनाको एक हप्ता पछि अधिकारीहरूले नगरपालिका कार्यालय र स्थानीय प्रहरी र दमकल स्टेसनहरूमा छापा मारेर अनुसन्धान सुरु गरेका छन्।
सो घटनाबारे राष्ट्रिय पुलिस प्रमुखले माफी मागेका छन् भने राष्ट्रपति यून सुक–योलले भविष्यमा भीड नियन्त्रण उपायहरू सुधार गर्ने वाचा गरेका छन् । तर सर्वसाधारणको आक्रोश भने थामि नसक्नु छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्