ओखलढुंगामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

न्युज कारखना
  • ख-
  • ख+

काठमाडौं, १९ कार्तिक

ओखलढुंगामा श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धिचरण नगरपालिका-११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या गरेको आरोपमा उनका श्रीमान रामबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । रामबहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीसँग सामान्य विवादमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ ।

चिर्पटले हिर्काउँदा कल्पनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्