काठमाडौं, १९ कार्त्तिक । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संघीय सैली परिवर्तन गर्नु पर्ने बताउनुभएकाे छ ।
४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी आज पार्टीको प्रतिबद्धतापत्र सार्वजनिकका क्रममा उहाले संविधान संसोधनमार्फत १० प्रदेशको सैलीमा जाने बताउनुभयाे ।
कार्यक्रममा आफ्नो पार्टीले आजको युगमा राजनैतिक लोकतन्त्र मात्रै काम नभएको र अब सामाजिक, आर्थिक लोकतन्त्रको रुपमा पनि विकास गर्ने बताउनुभयाे ।
यस्तै, बहिस्करणमा परेका समुदायलाई सामाजिक न्यायको प्रणाली विकास गरी समावेशी लोकतन्त्रको अभ्यास गर्नु पर्ने उहाकाे भनाइ छ ।
उहाले आन्दाेलनमार्फत राजनीतिक परिवर्तन धेरै भइसकेकाे र अब आर्थिक विकास र सम्मृद्धिकाे आन्दाेलनमा जानु पर्ने बताउनुभयाे । यस्तै कृषिलाई परम्परागत भन्दा पनि चक्लाबन्दी गर्नु पर्ने बताउनुभयाे ।
देशकाे बजेट घाटा जलविद्युतबाट टार्नु पर्ने वा कम गर्नु पर्ने उहाले बताउनुभयाे ।