
काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले निर्वाचनमा राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले संसारमा रहेको राइट टु रिजेक्टको व्यवस्था नेपालमा पनि लागू हुनुपर्ने बताउनुभएको हो । मतदाताले पाँच बर्षका लागि चूनेर पठाएको जनप्रतिनिधिले सो अवधिमा गलत काम गरे उनलाई दिएको समर्थन फिर्ता लिन सक्ने व्यवस्था नेपालमा हुनुपर्ने उहाले बताउनुभयो । त्यसका लागि नागरिक अगुवा सम्मिलत समिति गठन गर्नुपर्नेमा आफुहरुको जोड रहेको पौडलको भनाई छ । पौडेलले अहिले राजनीतिप्रति विश्वास जनाउनुपर्ने भन्दै परम्परागत नेतृत्वलाई विस्थापीत गर्नुपर्ने धारणा राख्नुभयो ।
उहाले अहिले जनप्रतिनिधीहरु मालिक बन्ने प्रवृतिले जनताको समस्या समाधान हुन नसकेकाले यस्ता प्रवृतिलाई अन्त्य गर्नुपर्ने जिकिर गर्नुभयो ।