सेभेन डेज सुपर च्यालेन्जमा अनुपविक्रम अनुबन्धित

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १९ कात्तिक।।नेपालको पहिलो एक्सन रियालिटी शो ‘सेभेन डेज सुपर च्यालेन्ज’ को होस्टमा अभिनेता अनुपबिक्रम शाही अनुबन्धित भएका छन् ।

डिएआर मुभिजको फम्र्याटमा निर्माण हुने शोमा विभिन्न क्षेत्रका सेलिब्रेटीहरुको साथमा डिजिटल अडिसनबाट छानिएका अन्य प्रतिस्पर्धीहरुको सहभागिता रहनेछ । यस शोका विजेताले नगद १५ लाख र कार प्राप्त गर्नेछन् ।

फरक प्रकृतिको यो शो पहिलो पटक एक साथ दुइ वटा टेलिभिजन मार्फत प्रशारणमा आउने भएको छ । नेपाल नेटवर्क टेलिभिजन र एपीवन टेलिभिजनबाट एक साथ प्रशारण हुने शोको निर्माणमा ठुलो लगानी हुने डिएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए ।

‘सेभेन डेज सुपर च्यालेन्ज’ को डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ। यो शोजको प्रशारण माघबाट गर्ने लक्ष्य राखिएको पनि धितालले जानकारी दिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्