प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १८ कात्तिक।।आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ ।

महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्