लागत कटौती गर्न ट्वीटरका आधा कर्मचारी कटौती गर्दै मस्क

खबर बुक
  • ख-
  • ख+

न्युयोर्क, १७ कात्तिक।।विश्व प्रसिद्ध धनाढ्य एलोन मस्कले लागत घटाउनको लागि ट्विटर इंकमा  आधा कार्यबल कटौती गर्ने योजना बनाएको छ ब्लुमबर्ग न्युजले जनाएको छ ।

मस्कले सुरुमा ३७ सय कार्यबल कटौती गर्न लागेको सो विषयसँग सम्बन्धित व्यक्तिहरुलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ । विवरणअनुसार ट्वीटरका नयाँ मालिकले शुक्रबार प्रभावित कर्मचारीलाई जानकारी दिनेछन् ।

यसअघि ट्विटरका एकमात्र निर्देशक र सीईओ मस्कले आफ्ना अन्य कम्पनीका कर्मचारीहरूलाई सामाजिक सञ्जाल काम गर्न अख्यितार प्रदान गरेको विवरण सार्वजनिक भएको थियो ।

यसमा टेस्लाका ५० कर्मचारीहरू समावेश छन् ।  मस्कले यही अक्टोबर २८ मा ट्वीटरको ४४ बिलियन डलरको अधिग्रहण पूरा गरेका थिए। पछिल्लो अधिग्रहणसँगै अर्बपति मस्कले सामाजिक सञ्जाल कम्पनीलाई आफूले प्रमुख वा सह–स्थापना गरेका कम्पनीहरूको सूचीमा थपेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्