मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउन गृहमन्त्रालयको सुझाव छ : आयोग

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १६ कात्तिक । निर्वाचन आयोगले आसन्न निर्वाचनको मतदानको दिन सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सरोकारवालाको सुझाव रहेको जनाएको छ ।

आयोग कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले गृहमन्त्रालयसहित सरोकारवाला निकायले मतदानको दिन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्ने सुझाव दिएको  जानकारी दिए ।

तर, यसबारे आयोगले उपयुक्त निर्णय लिने उनले बताए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतदान आगामी ४ मंसिरमा हुँदै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्