
काठमाडौं, कार्तिक १५
वर्तमान समयमा अधिक मात्रामा नेपाली विद्यार्थी माझ क्यानडा लोकप्रीय बन्दै गएको पाइन्छ।
क्यानडा विद्यार्थीको पहिलो रोजाई बन्नुको कारण क्यानडाले प्रवासी विद्यार्थीलाई प्रदान गर्दै आएको विभिन्न किसिमका अवसरहरु हुन् । प्राविधिक तथा सिपमुलक शिक्षा अध्यन गर्ने अवसर तथा पोस्ट ग्र्याजुएसन रोजगारीको अवसरका कारण नेपाली विद्यार्थीहरुले क्यानडालाई आफ्नो प्रमुख गन्तव्य बनाउन थालेको पाईन्छ। साथै कोरोना महामारी पश्चात् क्यानडाले विद्यार्थीका लागि विभिन्न नीति ल्याए सङ्गै नेपाली बिध्यार्थीहरु माझ क्यानडा लोकपृय बनेको हो। विद्यार्थीमाझ क्यानडाको लोकप्रियता बडे सङ्गै विद्यार्थीहरु क्यानडाले प्रदान गर्ने शैक्षिक तथा अन्य विविध किसिमका अवसर बारे जान्न उत्सुक देखिन्छ्न।
विद्यार्थीहरुमा बढ्दै गएको सोही जिज्ञासा मेटाउने मनसायले नेपालकै सबभन्दा ठूलो एजुकेशनल मेला हुन गईरहेको छ । नेपालका टप तीन क्यानडियन कन्सलटेन्सी( क्यानडियन स्टडी सेन्टर, सि आई सि एडुकेसन हब, कन्सलटेन्सी दाको संयुक्त आयोजनामा नेपालकै ठूलो क्यानडियन एजुकेसन मेला कार्तिक २ अर्थात नोवेम्बर ७, २०२२ मा हुन गैईरहेको छ। बानेश्वर स्थित एभरेस्ट होटेलमा हुन गैईरहेको उक्त मेलामा क्यानडाको प्रख्यात फंशावे कलेजका रिप्रीजेन्टेटिभहरु प्रणव राठी र सौरभ मलहोत्रा बिधार्थीहरुमाझ विधार्थीको प्रश्नको उत्तर दिने उद्देश्यका साथ उपस्थित हुँदै छ्न । कार्तिक २१मा हुन गैइरहेको उक्त मेला बिद्यार्थीका लागि निकै फलदायी हुन सक्छ।
उक्त एडुकेसनल मेलामा विधार्थीले क्यानडामा अध्यापन हुने विभिन्न कोर्स तथा २०२३को इन्टेकका बारेमा जानकारी पाउन सक्छन् । उक्त एडुकेसनल मेलामा प्रवासी बिद्यार्थीले पाउने शिक्षा तथा रोजगारी लगायतका विभिन्न अवसरका बारेमा पनि बुझ्ने अवसर पाउने छन। साथै उक्त मेलामा उपस्थित रिप्रीजेन्टेटिभले क्यानडामा प्रवासी विद्यार्थीलाई कुन ठाउँमा बस्नु लाभदायक तथा उपयुक्त हुने लगायत अन्य विभिन्न विषयमा विस्तृत जानकारी दिने मेलाका आयोजकहरु बताउछन ।
मेलामा सहभागी बिद्यार्थीहरुले लामो समय देखि क्यानडामै बसोबास गर्दै आइरहेका र यस फिल्डमा राम्रो अनुभव बोकेका कन्सल्टेन्ट हरि अधिकारी साथ साथै दिपेस के सि, अभिनय अधिकारी, अनुप अधिकारी लगायत नेपालका अनुभवी कन्सल्टेन्टसङ्ग क्यानडा भिसा प्रोसेसिङ्गका बारे बुझ्ने अवसर पाउने छ्न। साथै उनिहरुले क्यानडाका युनिभर्सिटीहरु तथा भिसा प्रोसेसिन्ङमा लाग्नेरकम, कलेज फी र अन्य थुप्रै जानकारी प्राप्त गर्न सक्छन। त्यस्तै उनिहरुले भिसा एप्लिकेसन प्रक्रिया अनि भिसाका लागि बिद्यार्थीहरुमा हुनु पर्ने शैक्षिक दक्षताका बारेमा पनि बुझ्ने सुनौलो अवसर पाउने छ्न।
उक्त मेलामा सहभागी भइ लाभ उठाउन इच्छुक विद्यार्थीहरु निस्शुल्क रुपमा सहभागी हुन पाउछन् । त्यस्का लागि बिद्यार्थीले आयोजक तिन वटै कन्सल्टेन्सी (कन्सल्टेन्सी दा, सि आई सि एडुकेसन हब तथा क्यानडा स्टडी सेन्टर) को वेबसाईटबाट रजिस्ट्रर गर्न सक्छन् ।