एमालेको घोषणापत्र : प्रतिव्यक्ति आम्दानी २ हजार ४०० अमेरिकी डलर पुर्‍याउने

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, १५ कात्तिक

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एमालेले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।

उक्त घोषणापत्रमा आगामी ५ वर्षभित्र नेपालीको आम्दानी २ हजार ४०० अमेरिकी डलर  पुर्‍याउने दाबी गरिएको छ ।

‘आगामी पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४००  पुर्‍याइनेछ,’ सार्वजनिक घोषणापत्रमा एमालेले उल्लेख गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्