निर्वाचन क्षेत्रका समृद्धिका लागि मैले पुन: जित्नुपर्छ : थापा

न्युज कारखाना
  • ख-
  • ख+

महोत्तरी, १३  कात्तिक।।एमाले नेतृ तथा महोत्तरी १ (क) की उम्मेदवार शारदादेवी थापाले निर्वाचन क्षेत्रको आधारभूत आवश्यकता पूरा गर्न निक्कै काम बाँकी रहेको बताएकी छन् ।

विशेषगरी महिलाका अनेकौ समस्या समाधान गर्न आफूमात्र उपयुक्त भएको दाबी गर्दै उनले निरीह महिलाहरुको प्रतिनिधिको रूपमा आफ्नो उम्मेदवारी भएको बताएकी छन् ।

विभिन्न महिला संगठनमा बसेर काम गरेकाले पनि महिलाको समस्यालाई नजिकबाट बुझेको उनकाे भनाइ छ । उनका मुख्य प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार पिताम्बर महतो छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्