माओवादीद्वारा बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीबाट निष्कासन

खबर बुक
  • ख-
  • ख+

नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको बताउनुभएको हो ।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित हुनेमा धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी, सप्तरी १ बाट उम्मेदवारी दिएका अशोक कुमार मण्डल, पर्साबाट उम्मेदवारी दिएका वीरेन्द्र यादव र रोल्पाबाट उम्मेदवारी दिएका दिपेन्द्र बहादुर पुन मगर रहेका छन् ।

उनीहरू सबै केन्द्रीय समिति सदस्य हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्