बंगलदेशमा आँधीः हराइरहेका आठ जनाको शव फेला

खबर बुक
  • ख-
  • ख+

ढाका, ११ कात्तिक।।उद्दारकर्ताले बंगलादेशको चट्टोग्राम जिल्लाको तटबाट दक्षिणपूर्वमा सित्राङ चक्रवातमा परेर हराइरहेका आठ जना मजदुरको शव फेला परेको छ ।

योसँगै आँधी र आँधीपछिको वर्षाका कारण हालसम्म ३४ जनाको मृत्यु भएको छ ।  सोमबार आएको चक्रवातका समयमा  उनीहरूलाई सुरक्षित स्थानमा फर्कन आह्वान गरिए पनि फर्किएका थिएनन् ।  माछामार्न गएका समयमा उनीहरु सवार डुंगा चक्रवातका कारण डुबेको थियो ।

ो, तटीय क्षेत्रका धेरै स्थानमा घर, बाली र भौतिक पूर्वाधारमा क्षति भएको तथा अधिकांशको मृत्यु रूखहरू ढलेर भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्