कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु

न्युज कारखाना
  • ख-
  • ख+

धनगढी, १० कार्तिक

कैलालीमा कारको ठक्करबाट घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ । बिहीबार जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा बा १२ च २११४ नम्बरको कारले सुपप्र ०१ ००८ प ५७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरीका ३३ वर्षीय शेरबहादुर पुनमगरमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याइएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए । कार चालक ३३ वर्षीय युसुभ श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्