१० वर्ष जेलमा बिताएका ८ तमिल कैदीलाई आममाफी

न्युज कारखाना
  • ख-
  • ख+

कोलम्बो, कार्तिक ८
श्रीलंकामा लिबिरेसन टाइगर्स अफ तमिल इलम (एलटीटीइ)सँगको सम्बन्धको आरोपमा १० वर्षभन्दा बढी जेलमा बिताएका आठ तमिल कैदीहरूलाइ राष्ट्रपति रनिल विक्रमासिंगेले आममाफी दिएका छन् ।

संविधानको धारा ३४ अन्तर्गत प्रदान गरिएको माफी तमिल सांसदहरूको हस्तक्षेपको परिणाम स्वरूप आएको राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ ।
दोषी ठहर भएका आठमध्ये ३ जनलाई पूर्वराष्ट्रपति चन्द्रिका बन्दरनायके कुमारतुंगाको हत्या प्रयासमा संलग्न रहेको जनाइएको छ ।

सन् १९९४ देखि २००५ सम्म राष्ट्रपति रहेकी कुमारतुंगाले उनीहरूलाई क्षमा दिन सहमति जनाएका थिइन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्