दिउँसो सुत्ने बानीले मुटु रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरालाई बढाउँछ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं। बैशाख १९ । आजभोलीका मानिसहरु राति निद्रा नपरेपछि फुर्सद मिल्यो कि के रात के दिन भन्दै सुतिहाल्छन् । तर दिउँसो सुत्ने बानी निकै खराव हो । यसले स्वास्थ्यमा ठूलो समस्या निम्त्याउँछ । दिउँसो सुत्ने बानीले बिएमआई ९बडी मास इन्डेक्स० ३७ भन्दा धेरै हुँदा लिभर क्यान्सरको खतरा २५ प्रतिशतभन्दा बढी हुन जान्छ । दिउँसोको समयमा एक घन्टाभन्दा बढी सुत्दा टाइप टु डायबिटिजको खतरा ८५ प्रतिशतभन्दा बढी हुन सक्छ ।

युनिभर्सिटी अफ टोक्योका अनुसन्धानकर्ताले गरेको एक अध्ययनका अनुसार तीन लाख व्यक्तिमा गरेको अध्ययनले दिउँसो एक घन्टाभन्दा बढी सुत्दा धेरै नोक्सान हुने चेतावनी दिएको छ । त्यस्तै मुटुसम्बन्धी रोग, ब्रेन स्ट्रोक र डायबिटिजको खतरा बढ्छ । दिनभरि सुत्दा रातमा निद्रा लाग्दैन ।

रातमा निद्रा पूरा नहुँदा भोक धेरै लाग्छ र यसले ब्लडसुगरको स्तर असामान्य गराइदिन्छ । डायबिटिज वा मोटोपनका कारण लिभर क्यान्सरको खतरा रहन्छ । डायबिटिज टाइप टु रोगीको अत्यधिक तौल लिभर क्यान्सरका कारण बन्न सक्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्