माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ?

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ७ कात्तिक।।माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरणअनुसार बैंकको खुद नाफा १९.६५ प्रतिशत ले घटेर ४५ करोड ११ लाख रुपैयाँमा झरेको छ ।

गत वर्षको यसैअवधिमा यसले ५६ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य नाफा भने ५.८८ प्रतिशत ले बढेर १ अर्ब ५४ करोड रुपैयाँ भएको छ ।

गत वर्ष यसको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको थियो । असोज मसान्तसम्म आइपुग्दा खुद ब्याज आम्दानी १५.८९ प्रतिशत ले बढेको छ भने सञ्चालन नाफामा २०.०१ प्रतिशतले ह्रास आएको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३१ पैसाले घटेर १७ रुपैयाँ ५९ पैसामा झरेको छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९ पैसा रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्