एनसीसी बैंकले लाभांश पारित २ मंसिरकाे एजीएमले गर्ने

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, ६ कात्तिक।।एनसीसी बैंकको ४ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले २ मंसिरमा वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।

सभामा बैंकले ३.३६ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाँभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले १५ कात्तिकमा बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, बैंकले १५ कात्तिकसम्म सेयर दर्ता किताबमा कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने जनाएको छ ।

तथापि, यसले कुमारी बैंकसँग मर्जर सम्झौता गरेको हुनाले ११ असोजदेखि बैंकको कारोबार रोक्का रहेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी,  काठमाडौंमा बिहान १० बजेबाट सुरु हुनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्