सर्वसाधारणलाई तत्काल खेर्सन छोड्न् रुस समर्थित अधिकारीहरूको उर्दी

खबर बुक
  • ख-
  • ख+

मस्को, ६ कात्तिक।।कब्जा गरिएको खेर्सनमा रुसी–स्थापित अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई ‘तत्काल’ छोड्न आग्रह गरेका छन् किनभने उनीहरूले युक्रेनी सेनाले दक्षिणी युक्रेनको सहरलाई पुनः दावी गर्न प्रतिआक्रामक अभियान चलाउने अपेक्षा गरेका छन् ।

क्षेत्रीय प्रशासनले टेलिग्राममा एक सन्देश पोस्ट गरेको छ जसमा नागरिकहरूलाई खेर्सन  शहर छोड्न माग गरिएको थियो । तनावपूर्ण अवस्था र युक्रेनी सेनाले ‘आतंकवादी हमला’ गर्न सक्ने भन्दै  सर्वसाधाणलाई खेर्सन सहर छोड्न भनिएको छ । नदी तरेर रुसी भूभागमा प्रवेश गर्न उनीहरूले सर्वसाधारणलाई डुंगा प्रयोग गर्न पनि सुझाव दिएका छन् ।

रुसले युद्धको प्रारम्भिक दिनमा क्षेत्रीय राजधानी सहर खेरसन कब्जा गरेको थियो र त्यसपछिका महिनाहरूमा क्षेत्रका अन्य भागहरू कब्जा गरेको थियो । खेरसन राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अवैध रूपमा कब्जा गरेको चार क्षेत्रमध्ये एक हो । युक्रेनी सेनाद्वारा जारी काउंटर–आक्रमणबीच बिहीबार पुटिनले खेर्सनलगायतका केही क्षेत्रहरूमा मार्शल ल घोषणा गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्