रूसले कब्जा गरेको युक्रेनी भूभागमा मार्शल ल लागु

खबर बुक
  • ख-
  • ख+

मस्को, ३ कात्तिक।।रूसले युक्रेनको दोनेत्स्क, लुगान्स्क, खेर्सन र जापोरिजझिया क्षेत्रमा ‘मार्शल ल’ लागु गरेको घोषणा गरेको छ ।

मस्कोको कब्जामा रहेको क्षेत्रमा महिनौंदेखि युक्रेनी सेना अघि बढिरहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मार्शल ल’ लागू गर्ने आदेशमा हस्ताक्षर गरेका हुन् ।

ती चार वटा क्षेत्रमा बिहीबार बिहानदेखि सैनिक शासन लागु हुने भएको छ । त्यसअघि रुसी पुटिनले  सुरक्षा परिषदको बैठकलाई सम्बोधन गरेका थिए ।

बैठकलाई सम्बोधन गर्दै ७० वर्षीय पुटिनले युक्रेन सरकारले जनताको इच्छालाई मान्यता दिन अस्वीकार गरेको र वार्ता प्रस्ताव लत्ताएको आरोप लगाए । पुटिनले युक्रेनले अतिवादी तरिका अप्नाएको आरोपसमेत लगाए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्