कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, कार्तिक २

नेपाली कांग्रेसले निर्वाचन प्रचारप्रसार समितिमा १३३ सदस्य मनोनित गरेको छ । आज पार्टी सभापति शेरबहादुर देउवाले “प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचार प्रसार समिति” मा १३३ सदस्य मनोनित गरेका हुन् ।

सभापति देउवाले कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका सदस्य एवं प्रवक्ता डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति गठन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्