नेपाल–चीन सीमा नजिक ५.९ म्याग्निच्युडको भूकम्प

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक । काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार अपरान्ह ३ बजेर ७ मिनेटमा नेपाल र चीनबीचको सीमामा ५.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सिन्धुपाल्चोकको सीमा  क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का सिन्धुपाल्चोक, काठमाडौं उपत्यकासहित आसपास क्षेत्रमा महसुस गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्