सुनचाँदीको मूल्य घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला दुई सय रुपैयाँ र चाँदी पाँच रुपैयाँले घटेको हो ।

यसअघि छापावाल सुनको  प्रतितोला ९३ हजार च सय रुपैयाँ रहेको थियो भने आज घटेर ९३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, यसअघि प्रतितोला ९२ हजार नाै सय रुपैयाँ रहेको तेजावी सुनलाई आज ९२ हजार सात सय रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि घटेर प्रतितोला एक हजार १७५ रुपैयाँमा कायम भएकाे महासंघले जनाएको छ । यसअघि चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्