सिटिजन्स बैंकको साधारण सभा शुक्रबार बस्ने

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक।।सिटिजन्स बैंकको कात्तिक ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ ।

सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साधारण सभामा कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेस गर्नेछ । यसले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगद लाभांश वितरणमा खर्च गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०७८–७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गरिसकेको छ । असोज २७ गतेसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्