सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २ कात्तिक।।सानिमा माई हाइड्रोपावरको लाभांश लगायतका महत्वपूर्ण एजेन्डा पारित गर्न आज बुधबार साधारण सभा बस्दैछ ।

सानिमा माईले सभामा ५।२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाँदैछ । यसले गत वर्षको नाफाबाट नगद लाभांश दिन लागेको हो । साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा असोज ११ गतेसम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्