![](https://khabarbook.com/wp-content/uploads/2022/08/weather2.jpg)
काठमाडौं, १ कात्तिक।।जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताएको छ ।
महाशाखाका अनुसार नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएपनि सुदूरपश्चि, कर्णाली र लुम्बिनी प्रदेशका केही पहाडी भुभागमा हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पनि जनाएको छ ।
आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
आज राति भने गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।