नवौँ राष्ट्रिय खेलकुदको पदक तालिकामा आर्मी अगाडि

खबर बुक
  • ख-
  • ख+

३१ असोज । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्वर्ण पदकमा आर्मीले अग्रता कायम राखेको छ ।

८७ वटा स्वर्ण पदकको छिनोफानो हुँदा पदक तालिकाको शिर्ष स्थानमा आर्मी कायम छ । राष्ट्रिय खेलकुद परिषद्का अनुसार आर्मीले हालसम्म ३८ स्वर्ण जितेको छ ।

यससँगै उसले २७ रजत र २१ खेलमा काँस्य पदक हात पारेको छ । विभागीय टोली एपिएफले हालसम्म १२ स्वर्ण जित्दै दोस्रो स्थानमा उक्लिएको छ ।

एपिएफले १६ रजत र २२ काँस्य पदक जितेको छ । त्यसैगरी पदक तालिकाको तेस्रो स्थान पनि विभागीय टोली रहेको छ । ११ स्वर्ण जितेको पुलिस क्लबले ७ रजत र १७ कास्य पदकसहित कुल ३५ पदक जितेको छ । बागमती प्रदेशले १० स्वर्ण, १६ रजत र १० काँस्यसहित ३६ पदक हात पार्दै चौथो स्थानमा छ ।

पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा भईरहेको प्रतियोगितामा गण्डकीले ८ स्वर्ण, ५ रजत र १५ काँस्य पदक जितेको छ ।

एनआरएनएले ४ स्वर्ण, ३ रजत र ४ काँस्यसहित ११ पदक जित्दा मधेश प्रदेशले २ स्वर्ण, २ रजत र ४ काँस्य हात पारेको छ ।

प्रदेश १ ले १ स्वर्ण, ४ रजत र १३ कास्य सहित १८ पदक, सुदूरपश्चिमले १ स्वर्ण, १ रजत र ८ काँस्यसहित १० पदक, लुम्बिनीले ६ रजत, ४ काँस्यसहित १० पदक, कर्णाली प्रदेशले १ काँस्य पदक जितेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्