गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्नेमा अध्यक्ष नेपालको भनाइ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज ३०
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई नै आम मतदाताले विजयी गराउनुपर्ने बताउनुभएको छ ।

सत्तारुढ गठबन्धनकै भविष्य रहेकाले आम मतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाई थियो । आज काठमाडौंमा आयोजित सत्तारुढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभा कार्यक्रममा अध्यक्ष नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारुढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएकाले पनि जनताले गठबन्धनमा आवद्ध दलका उम्मेदवारहरूलाई जिताउनुपर्ने तर्क समेत गर्नुभयो ।

उहाँले भोलिको भविष्य पनि सत्तारुढ गठबन्धनको नै भएकाले त्यसका नेताहरूले आफूहरुको समस्या समाधान गर्न सक्छन भनेर विश्वास गर्न पनि आम मतदातालाई आग्रह गर्नुभयो । उहाँले सत्तारुढ गठबन्धनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बाहेकका नेताहरू पनि भविश्यका प्रधानमन्त्रीहरू भएको उल्लेख गर्दै उनीहरूको पक्षमा मतदान गर्नुपर्ने बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्