थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

खबर बुक
  • ख-
  • ख+

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ सय ३४ पिसिआर परिक्षणका क्रममा २८ जना र ५ सय २८ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्