रुसको सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु

खबर बुक
  • ख-
  • ख+

रुसको एक सैन्य तालिम केन्द्रमा गोली चल्दा ११ जनाको मृत्यु भएको छ ।

बन्दुकधारीले आक्रमण गर्दा १५ जना घाइते भएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरूलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो ।

युक्रेनसँग सीमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा घटना भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरू पूर्व सोभियत गणतन्त्रका भएको बताए पनि थप जानकारी दिइएको छैन । आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्