अमेरिकी राष्ट्रपतिको बयानप्रति पाकिस्तानको आपत्ति

खबर बुक
  • ख-
  • ख+

अमेरिकी राष्ट्रपति जो बाइडनको विवादित बयानपछि पाकिस्तानले आपत्ति जनाएको छ ।

राष्ट्रपति बाइडनले एक कार्यक्रममा, पाकिस्तान विश्वको सबैभन्दा खतरनाक मुलुकमध्येको एक रहेको बताएपछि पाकिस्तानले आपत्ति जनाएको हो ।

पाकिस्तानका प्रधानमनत्री शहबाज शरीफले पाकिस्तान एक जिम्मेवार परमाणु हथियार सन्पन्न मुलुक भएको र यसप्रति कसैले शङ्का गर्न नहुने बताउनुभयो ।

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टोले अमेरिकी राजदूतसँग यस विषयमा आधिकारिक रुपले बुझ्नुपर्ने बताउनुभएको बीबीसीले लेखेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्