राष्ट्रिय खेलकुदमा सहभागी एक खेलाडीमा डेंगीको संक्रमण पुष्टी

न्युज कारखाना
  • ख-
  • ख+

पोखरा, ३० असोज।।नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी एक खेलाडीलाई डेंगी संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशबाट महिलातर्फको हक्की प्रतियोगितामा सहभागी साहारा खतिवडालााई डेंगी संक्रमण देखिएको हो ।

शुक्रबार बेलुकीबाट अत्यधिक ज्वरो आएपछि उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । चेकजाँचका क्रममा उनलाई डेंगी पुष्टी भएको टीम कोच राजन नेपालीले जानकारी दिए ।

उनका अनुसार डेंगी पोजेटिभ देखिएपछि अरु खेलाडीमा सर्न सक्ने भन्दै खेल छोडेर घरमै आराम गरिरहेकी छिन् ।

यस अगाडीको खेलमा उनी सम्मलित टिम गण्डकी प्रदेशले झापा र लुम्विनीलाई हराउदै दुई खेल जितेको छ । संक्रमित खतिवडाले भने स्वास्थ्यमा सुधार आएकोले छिटै निको भएर खेलमा फर्किने बताएकी छिन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्