बझाङमा एक पुरुष मृत फेला

खबर बुक
  • ख-
  • ख+

बझाङ, २९ असोज । बझाङमा एक पुरुषको शव फेला परेको छ । जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।

पहिचान नखुलेका उनको शनिबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

गौरेनी खोलामा बिहान ११ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्