ह्यान्डबलमा एपीएफलाई कास्य पदक

न्युज कारखाना
  • ख-
  • ख+

काठमाडौं, २९ असोज।।नवौं बृहत राष्ट्रिय खेलकुदको पुरुष ह्यान्डबलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले रजत पदक जितेको छ ।

पोखरास्थित बहुउद्देसीय कभर्डहलमा शनिबार बिहान भएको खेलमा लुम्बिनी प्रदेशलाई १३–३५ को नतिजामा पराजित एपीएफले गर्दै कास्य जितेको हो ।

एपीएफका लागि अमृत बोहराले सर्वाधिक १० गोल गरे । लुम्बिनीका लागि अर्जुन चौधरीले पाँच गोल गरेका थिए ।

शुक्रबार भएको सेमिफाइनलमा गण्डकी प्रदेशसँग पराजित भएपछि लुम्बिनीको स्वर्ण जित्ने लक्ष्यमा पूर्णविराम लागेको थियो ।

यस्तै, शुक्रबार नै भएको अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले एपिएफलाई पराजित गरेको थियो ।

गण्डकी र विभागीय टोली आर्मीले शनिबार नै स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्