अझैँ सञ्चलनमा आएन चौरजहारी विमानस्थल

न्युज कारखाना
  • ख-
  • ख+

सुर्खेत, २९ असोज।।जाजरकोट र सल्यानलाई समेत लक्षित गरेर निर्माण गरिएको रुकुम पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझैँ सञ्चालनमा आउन सकेको छैन ।

विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन गरेको थियो ।

देशका विभिन्न विमानस्थलसँगै चौरजहारी विमानस्थलको स्तरोन्नति तथा निर्माण गर्न १२ अर्ब २४ करोड बजेट सरकारले विनियोजन गरिएको थियो ।

आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यसै वर्षको दशैँतिहारमा सञ्चालन गरिने आशा गरेको  यस क्षेत्रका सर्वसाधारणले बताएका छन् ।

तत्कालीन स्थानीय सरकारका जनप्रतिनिधिको टोलीसँग विमानस्थल सञ्चालनका लागि पर्यटन मन्त्रालय जाँदा दसैंतिहारको बेलामा सञ्चालनमा ल्याउन सकिने आश्वासन दिइए पनि विमानस्थल सञ्चालनको कुनै प्रक्रिया सुरु नगरिएको स्थानीयको गुनासो छ ।

२०२८ सालदेखि सञ्चालनमा आएको यो विमानस्थल २०७० सालको फागुनबाट सञ्चालनमा छैन । २०७० फागुनदेखि २०७२ भदौसम्म पाँच करोड ५९ लाख ४९ हजार ९५२ रुपियाँको लागतमा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको थियो ।

विमानस्थलको स्तरोन्नति भएपछि यहाँ विमान आउने क्रम घटेको छ । पछिल्लो समयमा विमानस्थल बन्दजस्तै छ । विमानस्थल र टावर कुनै स्थानमा पनि कर्मचारी र प्रहरी छैनन् ।

विमानस्थलसँगै चौरजहारी मिसन अस्पतालबाट बाहिर ठुला अस्पतालमा सिफारिस गरिएका बिरामीलाई उपचारमा लिन समस्या हुँदै आएको छ ।
भेरी करिडोरको बीचमा पर्ने यो बिमानस्थल सञ्चालनमा आए सबै भन्दा बढी बिरामीहरुले लाभ उठाउने अपेक्षा लिइएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्