मधेश प्रदेशमा मुख्यमन्त्री राउतद्वारा कांग्रेसका मन्त्रीहरु बर्खास्त

खबर बुक
  • ख-
  • ख+

संघीय सरकारमा सहभागी आफ्ना मन्त्री बर्खास्त गरेको २४ घण्टा नबित्दै जनता समाजवादी पार्टी जसपाले पनि मधेश सरकारमा सहभागी कांंग्रेसका मन्त्रीलाई हटाएको छ।

जसपाबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री बनेका रामसरोज यादव,कांग्रेसबाट महिला, बालबालिका तथा खेलकूद विकास मन्त्री विरेन्द्र प्रसाद सिंह र खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मालाई बर्खास्त गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो जसपाका चार मन्त्रीलाई हटाएको बदला जसपाले मधेस प्रदेशमा लिएको हो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्