
प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी कायम गराउन सर्वोच्च अदालतमा रिट दिएका एकीकृत समाजवादीका नेता राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।
सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध हिजो दायर गरेको रिट निवेदनको पेशी आज न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा चढेको थियो।
नेता गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो ।