बाढीमा रामेछापका २६ जना बेपत्ता, खोजी र उद्धारका लागि आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ । रसुवागढी र आसपासको क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी रामेछाप जिल्लाका २६ जना नागरिक बेपत्ता भएका छन्। बाढी आएपछि उनीहरू सम्पर्कविहीन भएको रामेछापबाट निर्वाचित बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जानकारी दिएका छन्।

बाढीमा परि बेपत्ता भएकाहरूसँग सम्पर्क हुन नसकेपछि उनीहरूको शीघ्र खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय, सुरक्षाकर्मी र स्थानीयवासीलाई परिवारजनले विशेष आग्रह गरेका छन्। साथै, आधिकारिक तथा भरपर्दो सूचना नआएसम्म नआत्तिन र धैर्यधारण गर्न परिवारजनलाई अनुरोध गरिएको छ। प्रदेश सभा सदस्य श्रेष्ठका अनुसार बेपत्ता हुनेहरूमा रामेछाप र मन्थली नगरपालिका सहित खाँडादेवी, दोरम्बा शैलुङ, गोकुलगंगा, उमाकुण्ड र लिखु तामाकोशी गाउँपालिकाका बासिन्दा रहेका छन्।

बेपत्ता भएका व्यक्तिको सूची:


१. दिलबहादुर प्रधान (रामेछाप–३, साँघुटार)

२. उत्तम प्रसाईं (खाँडादेवी–४, पकरबास)

३. डम्बरबहादुर मगर (दोरम्बा शैलुङ–२, दोरम्बा)

४. सूर्यबहादुर मगर (दोरम्बा शैलुङ–२, दोरम्बा)

५. बमबहादुर मगर (दोरम्बा शैलुङ–२, दोरम्बा)

६. तारानाथ चौलागाईं/नवराज (दोरम्बा शैलुङ–६, माथिल्लो ढाडे)

७. सुन्दर श्रेष्ठ (मन्थली–१, मन्थली)

८. मीन आले मगर (रामेछाप–४, हिमगंगा)

९. नवराज आले मगर (रामेछाप–४, हिमगंगा)

१०. राजु गजमेर/बिजुल (गोकुलगंगा–४, बेताली)

११. ईश्वरीबहादुर खड्का/कुमार (गोकुलगंगा–४, बेताली)

१२. टलकबहादुर भण्डारी (खाँडादेवी–८, गागल)

१३. सुमनविक्रम कार्की (रामेछाप–७, हिलेपानी)

१४. गुन्ज श्रेष्ठ (रामेछाप–१, गोठपानी)

१५. नवराज श्रेष्ठ (रामेछाप–१, गोठपानी)

१६. राजन श्रेष्ठ (रामेछाप–१, गोठपानी)

१७. पेन्जु लामा/विशाल (दोरम्बा शैलुङ–१, डडुवा)

१८. लाक्पा दोर्जे शेर्पा (दोरम्बा शैलुङ–१, डडुवा)

१९. निरा थापा (दोरम्बा शैलुङ–४, गौश्वारा)

२०. ङिमा शेर्पा (उमाकुण्ड–१, तेछिम)

२१. बुद्धिमान तामाङ (लिखु तामाकोशी–५, नागदह)

२२. कुशल बुढाथोकी (लिखु तामाकोशी–५, नागदह, भालुखोप)

२३. प्रकाश मंग्राती (खाँडादेवी–४, पकरबास)

२४. मधुकुमार कार्की (उमाकुण्ड)

२५. हेमलाल श्रेष्ठ

२६. दीपक भुजेल (मन्थली–१, मन्थली)

सार्वजनिक गरिएको यो विवरण प्रारम्भिक चरणको भएकाले खोजी तथा उद्धार कार्य अघि बढ्दै जाँदा बेपत्ता व्यक्तिको संख्या वा विवरणमा थपघट हुन सक्ने जनाइएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्