प्रधानमन्त्री र मन्त्रीका कारण मतदाता प्रभावित हुने चिन्ता

खबर बुक
  • ख-
  • ख+

६ दिनअघि निर्वाचन आयोगले आचारसंहिता संसोधन गर्दै प्रधानमन्त्री, मन्त्री र स्थानीय जनप्रतिनिधिलाई चुनाव प्रचारमा जान बाटो खुला गरिदिएको थियो ।

आयोगको उक्त निर्णयसँग प्रधानमन्त्री र मन्त्रीहरू आफ्नो बाहेकको निर्वाचन क्षेत्रमा पनि चुनाव प्रचार गर्न जान पाउने छन् । यसअघि निर्वाचन आयोगले लागू गरेको निर्वाचन आयोगमा प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नोबाहेकको निर्वाचन क्षेत्रमा चुनाव प्रचार गर्न नपाउने व्यवस्था गरेको थियो ।

वरिष्ठ संविधानविद डा बिपिन अधिकारीले आचारसंहिता कार्यान्वयनमा कडाइ गरिनुपर्ने बताउनुभयो । चुनाव घोषणा गरेको सरकारले प्रतिनिधि सभा जोगाइराख्दा निर्वाचनको बेलामा मतदाता प्रभावित पार्न सक्ने भएकाले सचेत रहन उहाँले मतदातासँग आग्रह गर्नुभयो ।

निर्वाचन आयोगको संसोधित आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरू चुनाव प्रचारमा जाँदा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न पाउने छैनन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्