प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु हुँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २७ असोज ।  प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन चिन्ह वितरण गरेसँगै मतपत्र छपाइको प्रक्रिया आजबाट सुरु भएको छ ।

आयोगका अनुसार देशभरका उम्मेदवारलाई चुनाव चिन्ह वितरणको काम सकिएकाले आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाइको प्रक्रिया सुरु हुने निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिनुभयो ।

हिजो आयोगले उम्मेदवारहरूलाई आधिकारिक चुनाव चिन्ह वितरण गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्