भक्तपुरको हनुमानघाट पुलको निर्माण पूरा 

खबर बुक
  • ख-
  • ख+

भक्तपुर नगरपालिका-७ हनुमानघाटस्थित न्याताँ (हनुमानघाट) पुलको निर्माण पूरा भएको छ । नगरपालिकाको विनियोजित बजेटबाट पुल जीर्णोद्धार गरिएको हाे ।

न्याताँं पुल जीर्णोद्धार समितिका अध्यक्ष कृष्णगोविन्द खाइजुले पुल निर्माणको लागत इष्टमेट ४९ लाख २४ हजार रहेकोमा  ४१ लाख ३३ हजारमै निर्माण सम्पन्न भएको जानकारी दिनुभयाे  ।

नगर प्रमुख प्रजापतिले जनताको सम्पत्ति जनताकै सहभागितामा बनाउने नीति भक्तपुर नगरपालिकाको रहेको बताउनुभयाे ।

त्यसअनुरुप नपाले जनताको आर्थिक तथा भौतिक सहयोग र श्रमदान जुटाई विकास निर्माणका कामहरु उपभोक्ता समितिमार्फत पारदर्शी ढंगले गुणस्तरीय काम सम्पन्न गर्दै आइरहेको उहाले बताउनुभयाे  ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्