नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छः अर्थमन्त्री महत

खबर बुक
  • ख-
  • ख
  • ख+

७ पुस, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ ।

सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को शनिबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री महतले आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्न सक्ने भन्दै नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो ।

सूचना प्रविधि क्षेत्रको बिकाका लागि सरकारले सकेसम्म योगदान गर्ने उहाले बताउनुभयो । १२ कक्षापछि विदेश जाने चलनलाई रोक्दै सूचना प्रविधिमा युवाहरुलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा उहाले जोड दिनुभयो । उहाले सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको जानकारी दिदै ५० प्रतिशतभन्दा थोरै कर लगाउने व्यवस्था गरेको बताउनुभयो ।

राज्यले दिएको सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतले बताउनुभयो । मन्त्री महतले आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी पनि दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्