शेयर बजार ३५ अङ्कले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ, पुष ४ । आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ३९ अङ्कले बढेर दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुगेको छ ।

आज होटल र पर्यटनबाहेक अरू सबै समूहको शेयर उकालो लागेकोमा लगानी समूहको शेयर उच्च अङ्कले बढेको छ । आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्रमा बजार उच्च अङ्कले बढेको दिन आज सबैभन्दा धेरै कुमारी दीघार्यु बचत योजनाको शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

कारोबार रकमले आज पछिल्लो एक वर्षयताकै रेकर्ड तोडेको छ । आज एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्