शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा सुधार हुन सकेन

खबर बुक
  • ख-
  • ख+

काठमाडौ, २५ असोज । शताब्दीपुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था चिन्ताजनक बनेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

छातीमा समस्या आएपछि ललितपुरस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सघन कक्षमा उहाँको उपचार भइरहेको छ ।

अस्पतालले विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्यमा उल्लेखनीय सुधार नभएको तथा अवस्था चिन्ताजनक रहेको जनाएको हो ।

उहाँको छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको र मुटुसम्बन्धी समस्या देखा परेकाले त्यसको नियन्त्रणका लागि उपचार थालिएको पनि अस्पतालले बताएको छ ।

जोशीको स्वास्थ्यमा केही सुधार देखिए पनि खतरामुक्त नरहेको अस्पतालले जनाएको छ । आइतबार मुटुको चाल बढेपछि उहाँलाई उच्च मात्रामा अक्सिजन दिएर राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्