धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षण गरिँदै

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २८ मङ्सिर । जिल्लामा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ।

भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो।

मङ्गलबारबाट माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जानकारी दिए। उनका अनुसार जोनअन्तर्गत ८ हजार ५ सय ४० हेक्टर जमिनमा धान खेती गरिएको थियो। 

यहाँको उत्पादन र उत्पादकत्व वृद्धि नभएपछि माटो परीक्षण गरिएको उनले बताए। उनका अनुसार गत वर्ष ३९ हजार ८ सय ८२ टन धान उत्पादन भएको थियो। यो प्रतिहेक्टर ५।२ टन उत्पादकत्व हो। 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्