एमालेको संवृद्धिका लागि संकल्प यात्राले संसदीय समिति प्रभावित

खबर बुक
  • ख-
  • ख+

नेकपा एमालेको संवृद्धिका लागि संकल्प यात्रा बुधबार भोजपुर पुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोली आज खोटाङको दिक्तेलबाट भोजपुर पुग्ने जनाइएको छ ।

संकल्प यात्राको टोलीले आज भोजपुरमा स्थानीय नेता–कार्यकर्तासँग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ ।

टोली बुधबार भोजपुरमै बस्ने कार्यक्रम रहेको छ भने बिहीबार धनकुटा प्रस्थान गर्नेछ । टोली धनकुटाबाट तेह्रथुम हुँदै पाँचथर पुग्ने जनाइएको छ ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सङ्कल्प यात्राले संसदीय समिति प्रभावित बनेको छ । फास्ट ट्र्याक, जन्ममिति विवादलगायत विषयमा राज्य व्यवस्था तथा सुशासन समितिमा

आज डाकिएका प्रधान सेनापति प्रभुराम शर्मालाई ४ गते बोलाइने भएको छ । यसअघिकै बैठकमा समिति सदस्य एवं एमाले सांसद रघुजी पन्तले एमालेको सङ्कल्प यात्राका कारण अधिकांश समिति सदस्यहरू उतै व्यस्त भएका कारण मिति सार्नुपर्ने जनाउ दिएका थिए ।

त्यसैगरी २५ गते नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई डाकिएकोमा प्रतिपक्षी सांसदहरूकै कारण पुस ३ मा सार्नुपरेको जानकारी समिति सभापति रामहरि खतिवडाले दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्